बागलुङको माझखर्कः बडादशैंमा भलिबल प्रतियोगिता हुने, उपाधिराशी ५० हजार

बाग्लुङ | भदौ २३, २०७९

बागलुङको माझखर्कः बडादशैंमा भलिबल प्रतियोगिता हुने, उपाधिराशी ५० हजार

पोखरा:   बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कमा विजयादशमीको अवसरमा खुल्ला वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुुने भएको छ । 
 

माझखर्कमा सक्रिय रहदैं आएको शिव लेकाली जिवन ज्योति युवा क्लबले २१ औं वार्षिकोत्सव तथा बडादशैंको अवसरमा खुुल्ला वडा स्तरीय महिला पुुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

आगामी असोज १२ देखि १६ गतेसम्म सञ्चालन हुने मेलामा महिला पुुरुष भलिबलसँगै धनुुषबाण, खुुल्ला सामुुहिक नृत्य र घैटोफोड प्रतियोगिता समावेश गरिएको क्लबका अध्यक्ष मनबहादुर घर्तीमगरले जानकारी दिए । 

 

उनका अनुसार पुुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुुनेले क्रमश ५० हजार र ३० हजार ट्रफी प्रमाण प्राप्त गर्नछन् भने सेमिफाइनलमा प्रवेश गर्ने दुुई समूहलाई नगद ५/५ हजार प्रदान गरिने छ ।

 

खेलमा सहभागिता जनाउन ४ हजार प्रवेश शुुल्क निर्धारण गरिएको अध्यक्ष घर्तीमगरले बताए ।

 

उनले खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुने समुहलाई क्रमशः १५ हजार र १० हजारसहित ट्रफी मेडल प्रमाण प्रदान गर्ने बताउदै प्रवेश शुल्क १५ सय निर्धारण गरिएको जानकारी दिए । 

 

यस्तै खुल्ला वडास्तरीय धनुुषबाण प्रतियोगितामा प्रथम र द्धितिय हुने समुुहले नगद ३० हजार र २० हजार सहित ट्रफी मेडर र प्रमाण पत्र प्राप्त गर्नेछन भने प्रतियोगितामा सहभागिता जनाउन ३५ सय शुल्क कायम तोकिएको छ । 

त्यस्तै खुुल्ला सामुुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुुने समुहले क्रमशः १०, ६ र ४ हजार प्राप्त गर्नेछन् । भने प्रतियोगितामा सहभागिता जनाउन १२ सय शुुल्क निर्धारण गरेको छ । 

वर्षेनी गर्दै आएको खुुल्ला महिला पुुरुष भलिबल अब प्रतियोगिता हरेका तीन वर्षको अन्तरालमा आयोजना गर्ने क्लबका अध्यक्ष घर्तिले बताए । 

 

क्लबले वर्षायामको समयमा सडक मर्मत, गोरेटो बाटो निर्माण लगायत प्रजातन्त्र विकास माविका विद्यार्थीहरुलाई प्रत्येक वर्ष विभिन्न विधामा पुुरस्कार वितरण समेत गर्दै आएको छ । खेलकदुको विकाससँगै सामाजिक क्रियाकलापमासमेत उक्त क्लब सक्रिय रहदैं आएको छ ।


 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्